शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 694
    SHARES

१९ बैशाख, काठमाडौं । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुटनिक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।

रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् । रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाई छ ।

खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुलाई स्पुटनिक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।
भारतमा योसँगै तीनवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुईओटा खोप कोभ्याक्स र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो । भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ ।

महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरू प्रदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)