बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका सभामुखले सर्वदलीय बैठक बोलाउदै


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 517
    SHARES

२० बैशाख, कास्की । गण्डकी प्रदेशसभाको स्थगित विशेष अधिवेशनको बैठक सभामुखले सर्वदलीय बैठक बोलाएर छलफल गर्ने भएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वदलीय बैठक आह्वान गरेर निकास खोज्ने सहमति भएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी हुने गरी सर्वदलीय बैठक बोलाइने र सोही बैठकले विशेष अधिवेशनको स्थगित बैठकपछिको घटनाक्रम समीक्षा गर्दै निकास खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभाका सूचना अधिकारी जितेन्द्र जंग केसीका अनुसार परामर्श समितिको बैठकमा सभामुखले चाँडै नै अनुकुल समय मिलाएर सर्वदलीय बैठक बोलाउने समझौता भएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेकै दिन राष्ट्रिय जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)