बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन ४ लाख १४ हजार संक्रमित भेटिए


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 788
    SHARES

२४ बैशाख, काठमाडौं । भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा यहाँ ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । नयाँ संक्रमितको यो हालसम्मको सबैभन्दा धेरै आँकडा हो । यस्तै, एकैदिन यहाँ ३,९२० संक्रमितले ज्यान गुमाएका छन् । यस्तै ३.२८ लाख बिरामी निको पनि भएका छन् । पछिल्लो एक हप्तामा तेस्रोपटक चार लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

यसअघि ३० अप्रिलमा ४.०२ लाख र ५ मेमा ४.१२ लाख संक्रमित भेटिएका थिए ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्याले पनि चिन्ता बढाइरहेको छ । यसमा पछिल्लो २४ घण्टामा ८१,६६३ को वृद्धि भएको छ । हाल ३६.४४ लाख संक्रमितको उपचार चलिरहेको छ । पछिल्लो सात दिन भित्रै नै यसमा ३.८० लाखको वृद्धि भएको छ । कूल सक्रिय संक्रमितमा २७ लाख १० राज्यमा भेटिएका छन् ।

देशमा कोरोना महामारीको आँकडाः

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४.१४ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,९२०

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.२८ लाख

हालसम्म संक्रमित भएकाहरुः २.१४ करोड

हालसम्म निको भएकाः १.७६ करोड

हालसम्म कूल मृत्युः २.३४ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३६.४४ लाख

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)