बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २६, २०७८
  • 774
    SHARES

२६ बैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

प्रहरीले सङ्कलन गरेको सिलिन्डर जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा राखिएको गिरीले बताउनुभयो । व्यवसायीसँग प्रहरीले सङ्कलन गरेका अक्सिजन सिलिन्डर जिल्लाभित्रका कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराइने गिरीले जानकारी दिनुभयो ।

डिसिसिएमसीको निर्णयानुसार प्रहरीले व्यवसायीसँग अक्सिजन सिलिन्डर प्रदान गर्न आग्रह गरेपछि व्यवसायीले आफूसँग रहेका सिलिन्डर हस्तान्तरण गरेका प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । अक्सिजन सिलिन्डर ग्रिल उद्योग, वर्कशप, कवाड पसलसहित मेटलसम्बन्धी काम गर्ने उद्योग तथा व्यवसायबाट सङ्कलन गरिएको हो । जिल्लामा हालसम्म कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या ७२५ पुगेको छ भने पछिल्ला २५ दिनमा कोभिड–१९ सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)