बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ मा १९ जना प्रहरी र ५६ जना थुनुवा संक्रमित


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २६, २०७८
  • 461
    SHARES

२६ बैशाख, धनुषा । प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ जना प्रहरी र ५६ जना थुनुवा प्रभावित भएका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशका ८ जिल्लामध्ये महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरीमा कोरोना संक्रमण पाइएको छ ।

प्रदेश प्रहरी प्रमुख एवं डिआइजी धिरजप्रताप सिंहका अनुसार बारा जिल्लामा मात्र ६ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । त्यसगैरी पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २, सप्तरी, धनुषा र रौतहटमा एक÷एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

संक्रमित प्रहरीमध्ये पर्साका १ जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको जनाइएको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरुको उपचार सम्बन्धित कार्यालयकै आइसोलेसनमा भईरहेको डिआइजी सिंहले बताउनुभयो ।

त्यस्तै प्रदेश २ मा रहेका विभिन्न प्रहरी हिरासतमा रहेका ५६ जना थुनुवासमेत कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी पर्सा प्रहरी हिरासतमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै रौतहट हिरासतमा रहेका १०, धनुषामा ५ तथा महोत्तरी र सर्लाही प्रहरी हिरासतमा रहेका १÷१ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)