बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुर्वप्रधानमन्त्री खनाल संक्रमणमुक्त


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 541
    SHARES

२७ बैशाख, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचारका क्रममा रहनुभएको उहाँ आइतबार साँझ संक्रमणमुक्त हुनुभएको हो।

हिजो पीसीआर परीक्षण गर्दा उहाँमा संक्रमण नदेखिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो। संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने बताइएको छ।

कोरोना संक्रमित भई गत बैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएको पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)