बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दाङको बेलझुण्डीमा अस्पतालमा पाँच संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २७, २०७८
  • 543
    SHARES

२७ बैशाख, दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।

दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यह िवैशाख २४ गते अस्प्तालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यह िवैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५ः०० बजेतिर निधन भएको हो । उनी यह िवैशाख २४ गतेदेखि उपचाररत थिए । त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२ः०० बजे निधन भएको हो ।

यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२ः०० बजेतिर निधन भएको हो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए । उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वाशप्रश्वासमा समेत समस्या रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)