सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जनमोर्चा सांसद थापाद्वारा नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 475
    SHARES

२८ बैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद कृष्ण थापाले गठबन्धनलाई समर्थनका लागि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ गठबन्धनको सरकार बनाउन हस्ताक्षर अभियान चलिरहेका बेला सांसद थापाले नयाँ बन्ने सरकारलाई समर्थनका लागि हस्ताक्षर नगर्ने बताउनुभएको हो।

बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनको पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्वीप पनि जारी गर्नुभएको छ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएको भएपनि सांसद थापाले नमानेको बताउनुभयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }