शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साधना लघुवित्त द्वारा सामरीटन ट्रष्ट, लाई एकलाख स्वास्थ्य सामाग्रीको लागि सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 732
    SHARES

 काठमाडौं,२८ बैशाख

कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामाग्रीको लागि सहयोग गरेको छ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामरीटन ट्रष्ट, काठमाडौंलाई एकलाख स्वास्थ्य सामाग्री खरिदका लागि सहयोग गरेको हो ।

स्वास्थ्य सामाग्री अति विपन्न, असहाय, अपाङ्ता र मजदुरका परिवारलाई केन्द्रीत गर्दै सामरीटन ट्रष्टले सेनिटाइजर, माक्स, ग्लाृवस, साबुन र फेस सिल्ड निशुल्क वितरणको लागि सहयोग अपिल गरेकोले आर्थिक सहयोग गरेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समूदायको मनोवलमा थप योगदान पुग्ने विश्वास लिएको छ ।

वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)