शनिबार, बैशाख २९, २०८१

नेप्सेमा उच्च अङ्कको वृद्धि


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 639
    SHARES

काठमाडौं, २८ बैशाख

कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २७।४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३।३१ मा पुगेको छ । कारोबार रकम समेत झण्डै रु छ अर्ब बराबर भएको छ ।नेप्सेका अनुसार कूल २२० कम्पनीको एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर रु पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ । जीवन बीमा २६७।१८, व्यापार २२१।६७ र निर्जीवन बीमा १७६।४८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ३।३८, होटल तथा पर्यटन २३।१९, विकास बैंक १५।२३, जलविद्युत् २१।०७, वित्त १७।४९, उत्पादन १३९।७, अन्य ५३।१३, लघुवित्त ६५।१२, सामूहिक लगानी कोष ०।०२ र लगानी १।४९ बिन्दुले उकालो लागेको छ ।

आजको वृद्धिपछि बजार पूँजीकरण समेत पुनः उच्च बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार कूल रु ३७ खर्ब नौ अर्ब पाँच करोड ६८ लाख ७४ हजार ५०६ बराबरको बजार पूँजीकरण भएको छ । अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेको बेला मुलुकको शेयर बजारले भने सकारात्मक दिशा निर्देश गरेको छ ।

नेप्सेका अनुसार आज बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर क्रमशः १० र ९।९७ प्रतिशतले वृद्धि भए । युनाइटेड मोदी ९।९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९।८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९।०५ प्रतिशतले कमाए ।

यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो । लिवर्टी इनर्जी २।९९ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २।१८ प्रतिशतले गुमाए ।

कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोवार भयो । यस्तै अपि पावर रु २० करोड २३ लाख ७० हजार ३८१ र शिवम् सिमेन्ट रु १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }