शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 544
    SHARES

२९ बैशाख, काठमाडौं ।

पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

काठमाडौंमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ गरि उपत्यकामा मात्रै ३ हजार ९२४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् भने ५१७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)