शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा ३ लाख ६२ हजार ६३२ नयाँ संक्रमित भेटिए


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 1.3K
    SHARES

३० बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा पछिल्लो २४ घण्टामा साधारण वृद्धि देखिएको छ । बुधबार ३ लाख ६२ हजार ६३२ नयाँ बिरामीको पहिचान भयो, ३ लाख ५२ हजार ५ जना निको पनि भए । पछिल्लो दुई दिनदेखि ३.५० लाखभन्दा कम संक्रमित भेटिएका थिए र यो भन्दा धेरै बिरामी निको भइरहेका थिए । पछिल्लो २४ घण्टामा भारतमा ४,१२८ जनाको मृत्यु पनि भएको छ । कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो ।

भारतमा यो महामारीको चपेटमा हालसम्म २.३७ करोड मानिस आइसकेका छन् । यसै गरी कूल १.९७ करोड मानिस निको भइसकेका छन् । पछिल्ला केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी मानिस दैनिक निको भइरहेका छन् । त्यसैले आज यो आँकडा २ करोड पार भएको छ । हाल कूल ३७.०६ लाख मानिसको उपचार चलिरहेको छ ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल देखिएका नयाँ संक्रमितः ३.६२ लाख

पछिल्लो २४ घण्टा कूल मृत्युः ४,१२८

पछिल्लो २४ घण्टामा कूल निको भएका बिरामीः ३.५२ लाख

हालसम्म कूल संक्रमित भइसकेकाः २.३७ करोड

हालसम्म निको भइसकेकाः १.९७ करोड

हालसम्म कूल मृत्युः २.५७ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.२२ लाख

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)