शनिबार, बैशाख २९, २०८१

मौद्रिक नीतिको तेस्रो समीक्षाको परिसंघद्वारा स्वागत


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 219
    SHARES

काठमाडौं, ५ जेठ 

नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको तेस्रो समीक्षाको स्वागत गरेको छ। परिसंघले तेस्रो समीक्षाले स्वास्थ्य सेवामा सकरात्मक असर पुग्ने बताएको छ।

यसैगरी धितो लिलामी नलिने र जरिवाना गर्न नपाउने व्यवस्थाले समस्यामा रहेका उद्योग÷व्यवसायलाई सहज हुने बताइएको छ। परिसंघले आग्रह गरे अनुसार नै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले निर्वाह गर्नुपर्ने व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत हाल विद्यमान स्वास्थ्य समस्यासंग जुध्न आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी जस्ता कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाएको बताइएको छ।

त्यस्तै परोपकारी कार्य गर्ने, राष्ट्रिय महत्वका आविष्कार केन्द्र, मानव सेवा आदि क्षेत्रमा गरिएको खर्च समेत व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत खर्च लेख्न पाउने व्यवस्था गरेको छ । हालको परिप्रेक्षमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले उद्योग व्यवसाय सञ्चालनमा उल्लेख्य भूमिका खेलेको परिसंघको ठहर छ । मुलुकको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउदै रोजगारी श्रृजना गर्न, मुलुकको गाह्रस्थ उत्पानलाई बढाउन तथा समग्र आर्थिक वृद्धिका लागि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप सहुलियत तथा सुविधा उपलब्ध गराउन पनि परिसंघले जोड गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }