बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ९, २०७८
  • 572
    SHARES

  देउखुरी,९ जेठ 

लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिनाका साथै निर्वाचन चिह्न प्रदान गरिएको छ ।

नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिनुभयो ।

पाण्डेलाई नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाता छन् ।

प्रदेशका १०९ स्थानीय तहका पालिकामा प्रमुख र उपप्रमुख गरी एमालेका ९१, कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३, जनमोर्चाका पाँच , राप्रपाका दुई र स्वतन्त्र चार पदाधिकारी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }