मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल पत्रकार महासंघका अध्यक्ष सवार कार दुर्घटनामा


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १२, २०७८
  • 561
    SHARES

दाङ, १२ जेठ

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढ्नु भएको प्रदेश नं. ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ ।

अध्यक्ष पोखरेल चढेको गाडी आज साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो ।

गाडीमा अध्यक्ष पोखरेलसहित महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी हुनुहुन्थ्यो ।

गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो ।

ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)