१७ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको राष्ट्रिय सभा उपनिर्वाचन मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो ।
यसअघि बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भएका थिए भने तीन जनप्रतिनिधि अनुपस्थित रहनुभएको थियो।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा हुनुहुन्छ ।