बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन मुख्यमन्त्री राउतको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २१, २०७८
  • 613
    SHARES

जनकपुर, २१ जेठ

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री राउतले सङ्घीय सरकारको निर्णयले प्रदेश नं. २ का भू—भाग मरूभूमिकरण भई जनताको बिल्लीबाठ हुने जनाउँदै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

चुरे क्षेत्र वालुवा गिट्टीको स्रोत नभई प्राकृतिक सम्पदामा समेत धनी भएको उल्लेख गर्दे उहाँले प्रदेश सरकार मातहत रहेका वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकाले चुरे दोहनले यी प्राकृतिक सम्पदाले वासस्थान गुमाउने बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको रक्षा कवचका रूपमा रहेको उल्लेख गर्दै उक्त नीति नसच्याइएमा प्रदेश सरकारले आवश्यक निर्णय लिने जनाउनुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)