शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा पनि केन्द्रकै नियति ,मुख्यमन्त्री पदमा गुरुङको पुन: दाबी पेस


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २९, २०७८
  • 824
    SHARES

पोखरा , २९ जेठ

गण्डकी प्रदेशमा वैकल्पिक सरकार निर्माणमा नयाँ ट्विस्ट आएको छ । विश्वासकाे मत नपाईं पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा पुन: दाबी पेस गरेका छन् ।

प्रदेश सभामा शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएका पृथ्बीसुब्बा गुरुङले शनिबार फेरी मुख्यमन्त्रीमा दाबी गरेका हुन् । अन्तिम समयमा आएर गुरुङको यो कदमलाई आश्चर्यजनक रुपमा हेरिएको छ।

जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रका आधार देखाउँदै उनले दाबी पेस गरेका हुन् । संसद बिघटनतिर लैजान प्रदेश प्रमुखलाई बहाना बनाउन पनि याे कदम चालिएकाे बुझिएकाे छ ।   काँग्रेस, माओवादी गठबन्धनकाे नयाँ सरकार बन्न रोक्न याे कदम चालिएको विश्लेषण गरिएकाे छ ।

राष्ट्रिय जनमोर्चाका २ र जसपाका २ सांसद शुक्रबार प्रदेश प्रमुख कार्यालयमा सशरीर उपस्थित भई दस्तखत गरेर मुख्यमन्त्रीमा विपक्षी गठवन्धनका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका थिए । कृष्ण थापालाई राजमाेले पुन: कारबाही गरेकाे अवस्था छ ।

वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सिता कुमारी पौडेलले दिएको समय अवधि ३ बजेभित्रै नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका गुरुङले पनि आफ्नो दावी पेश गरेका हुन् ।

गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले तोकेको समय सकिएपनि प्रतिपक्षी सांसदहरुलाई कुनै खबर नगरिएको विपक्षीहरूले बताएका छन् ।

प्रदेश प्रमुख पौडेलले बहुमत दावी गरेर आउन विपक्षी दलहरूलाई आह्वान गर्दै शनिबार दिउँसो ३ बजेसम्मको समय दिएकोमा विपक्षीहरु ३१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर बुझाएका थिए । ३१ जनाको हस्ताक्षर बुझेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया हेरेर भोलि कदम चाल्ने बताएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)