सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १, २०७८
  • 453
    SHARES

बुटवल ,१ साउन

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ ।

विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र यादवपक्ष) र राष्ट्रिय जनमोर्चाले पत्रकार सम्मेलन गरी नेकपा एमाले दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतमा रहेको भन्दै राजीनामा मागेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार र सत्तापक्षका सांसदहरू प्रदेश सभाको बैठक बहिस्कार गरी हठात् मानसिकताबाट ग्रसित भई अधिवेशन अन्त्य गरी सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक स्वेच्छाचारी कदम हो, यस कदमको गठबन्धन दल घोर विरोध गर्दछ, यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)