शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २ सरकारमा माओवादीबाट दुई मन्त्रीले लिए सपथ


  • माउन्टेन खबर
  • शनिबार, साउन २, २०७८
  • 643
    SHARES

जनकपुरधाम– प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्रीले सपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख डा. राजेश झाले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाएका हुन् ।

साह महोत्तरीबाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । दुवै मन्त्रीले सपथ मातृ भाषामा गर्ने इच्छा व्यक्त गरे पनि कानुनी जटिलताका कारण नेपाली भाषामै सपथ ग्रहण गराइएको थियो ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आजै मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्ठ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएको थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफडमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)