सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने’


  • माउन्टेन खबर
  • सोमवार, साउन ४, २०७८
  • 818
    SHARES

४ साउन, काठमाडौं । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले प्रदेशमा छिट्टै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार गरिन लागिएको जानकारी दिनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा आज आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले एक÷दुई दिनमै पूर्णता पाउने बताउनुभयो ।

सरकार थप विस्तार तथा हेरफेर सम्बन्धमा दलबीच सहमति भइसकेको उहाँले बताउनुभयो । कार्यक्रममा काँग्रेस पोखरा महानगरपालिका–१६ का सभापति होमबहादुर बानियाँ, नेपाल तरुण दलका सभापति विक्रम बस्नेत, पूर्व इकाइ सभापति शिवराज देवकोटा लगायतले मन्त्री खड्कालाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका अनुसार यही साउन १२ गते हुने वडा अधिवेशन गर्न एक कार्यदल गठन गरिएको छ । कार्यदलमा काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री खड्का, वडा सभापति बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ, अधिवक्ता हरिप्रसाद भट्टराईलगायत हुनुहुन्छ । सो वडामा काँग्रेसका ५०६ क्रियाशील सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)