१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो। यो भन्दा अघि शेरचनलाई हटाएर केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
