शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगन्ज पोखरा हवाइ उडान शुरु


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०७८
  • 517
    SHARES

पोखरा,१७ साउन

पर्यटन प्रर्बद्धन विकासका लागि बुद्ध एयरले साताको ३ दिन नेपालगन्ज पोखरा उदान शुरु गरेको छ । पश्चिम क्षेत्रको बाँके र बर्दियालाई र पोखरा लक्षित गरि उदान शुरु गरिएको हो ।

बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रु सहित उडान भरेको छ । नेपालगन्ज बासीको बर्षौदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान शुरु भएको छ । पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भब्य स्वागत गरिएको छ । अबिर र गम्छा सहित स्वागत गर्न पर्यटन प्रर्बद्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए ।

 

नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले बताएको छ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।

 

यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो । पोखरा देखि नेपालगन्ज सजिलै र यो उडान अति नै अवश्यक रहेको यात्री गोविन्द झाले बताउनु भयो ।

 

नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ । नेपालगन्ज पोखरा पहिलो उडान भर्न लागेका क्याप्टेन मनिस पुनले पोखराबाट ३४ मिनेटमा नेपालगन्ज आइपुगेको बताउनु भयो । नेपालगन्ज देखि पोखरा को उडान समय पनि ३५ देखि ४० मिनेटको हुन सक्ने क्याप्टेन पुनले बताउनु भयो ।

 

उडानको शुरुवात भएकोमा खुसी हुदै नेपालगंजका ब्याबसायीले यात्रु, बिमानका पाईलट सहितका कर्मचारीलाई स्वागत गरे बुद्ध एयरले उडानसंगै टुर प्याकेज समेत सार्वजनिक गरेको छ । बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना रु १० हजार ९ सय ९९ बाट शुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना रु १३ हजर ४ सय ९९ बाट शुरु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }