सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पौडेलसहितका नेताहरू चाक्सीबारीमा छलफल


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०७८
  • 453
    SHARES

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरू छलफलमा जुटेका छन्।

बिहीबार बिहान ११ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा छलफल भएको छ।

छलफल कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित छ। भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन। क्रियाशील विवाद देखाएर महाधिवेशन सार्न सक्ने भन्दै विरोध भइरहेका छन्।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको हो।

कांग्रेसमा बारा, सप्तरीलगायत विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद छ।

महाधिवेशन नै अन्योलमा परेका बेला अब कसरी अगाडि बढ्ने भन्नेबारे पौडेल पक्षले आन्तरिक छलफल गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }