बिहिबार, बैशाख २७, २०८१

निर्माणाधिन संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सभामुखको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 332
    SHARES

२२ साउन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरवारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित आयोजनालाई आग्रह गर्नु भएको छ ।

सभामुख सापकोटाले शुक्रबार दिउँसो अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरुलाई तोकिएको समयभन्दा अगाडि नै सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । कोरोनाका कारण प्रतिकूलस्थिति रहेको उल्लेख गर्दै उहाँले भवन निर्माणका लागि आवश्यक सामग्रीको जोहो गर्ने काममा मिहिन ढंगले लाग्न पनि निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाईन्ट भेन्चर’को ध्यानाकर्षण गराउनु भयो । सभामुख सापकोटाले राष्ट्रकै सबैैभन्दा गौरवपूर्ण आयोजना भएकाले यो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पूरा हुने विश्वास समेत व्यक्त गर्नु भयो । सभामुख सापकोटाले भन्नु भयो, ‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस् । किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन संचालन गरिरहेका छौैं । हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं । समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति बढाउनु पर्दछ । कोरोनाको प्रतिकूलतालाई चीर्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नु पर्दछ ।’

संघीय संसद सचिवालयले सो भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न समन्वय गर्नका लागि आवश्यक व्यवस्था मिलाउने पनि जनाएको छ । सभामुख सापकोटाले सो भवन निर्माणका लागि समन्वय गर्न संसद सचिवालयमा पनि जिम्मेवारी तोकिदिने जानकारी दिनु भयो । उहाँले सो भवन निर्माणका लागि आयोजनालाई कुनै समस्या भए आफूले प्रधानमन्त्रीसँग पनि समन्वय गरेर समाधान गरिदिने स्पष्ट पार्नु भयो ।

२० महिना अघिबाट निर्माण सुरु गरिएको सो आयोजनाको लागत करिव ५ अर्व ६७ करोड ६१ हजार अनुमान गरिएको छ । साँढे ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो भवनको निर्माणका कार्य सोचे अनुसार अघि बढन नसकेको आयोजनाको भनाई छ । कोरोनाका कारण आवश्यक सामग्रीको व्यवस्थापन गर्न नसक्दा भवन निर्माणको काममा ढिलाई हुन गएको आयोजनाका प्रमुख दिलिप शेखर श्रेष्ठले बताउनु भयो ।

सो भवन १७३ रोपनी ८ आना क्षेत्रमा बन्दैछ । यस क्षेत्रमा ८ वटा ब्लकहरु निर्माण हुनेछन । संघीय संसद भवन परिसरभित्र ४ सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रियसभा, पुस्तकालय, संग्राहलय, चमेना गृहसहितको व्यवस्था हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }