बिहिबार, बैशाख २७, २०८१

संवैधानिक आयोगको नियुक्ति बदर गर्न बिडारीको सुझाव


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 584
    SHARES

२२ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रुपमा अध्यादेश मार्फत् संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ति नियुक्तिहरु बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस् अध्यादेशद्धारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतीद्धारा ति नियुक्तिहरु बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरी कार्य गर्नुभनी निर्देशन पनि दिन सकौ ।’

उहाँले संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘संवैधानिक आयोग अपांग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अंगहरु निष्प्रभावि भयो । संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मुर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले ।’

उहाँले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गर्नुभयो । वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुननहुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }