बिहिबार, बैशाख २७, २०८१

एमालेमा नेपाल लचिलो, भेटिएन मिलनबिन्दु


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 534
    SHARES

काठमाडौं ,२४ साउन

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएको प्रतिनिधिसभा पुनस्थापनालगायत महत्त्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन् ।

प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरुपणमा भने सशक्त रुपमा उत्रिन सकेका छैनन् ।

पार्टीको आन्तरिक विवाद निरुपण गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रुपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन् । तर, अझै मिलनबिन्दु भेटिएको छैन ।

पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन । नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन् । सुझावप्रति नेपाल लचिलो देखिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }