आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यति एयरलाइन्सले ल्यायो ‘यति सस्तो अफर’


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 1.4K
    SHARES

२४ साउन, काठमाडौं । यति एयरलाइन्सले काठमाडौंदेखि विभिन्न ६ वटा गन्तव्यका लागि ‘यति सस्तो’ अफर अन्तर्गत न्यून भाडादर कायम गरेको छ । एयरलाइन्सले अगस्ट ८ तारिखदेखि अगस्ट १४ तारिखसम्म लागू हुने गरी अफर ल्याएको हो ।

काठमाडौं–सिमराका लागि प्रतिटिकट १५ सय रुपैयाँ, काठमाडौं–पोखराका लागि प्रतिटिकट १५ सय रुपैयाँ तोकेको छ । त्यसैगरी काठमाडौं–भैरहवाका लागि १८ सय रुपैयाँ, काठमाडौं बिराटनगरका लागि १८ सय रुपैयाँ, काठमाडौं भद्रपुरका लागि १९ सय रुपैयाँ र काठमाडौं–नेपालगञ्जका लागि २५ सय रुपैयाँ भाडादर कायम गरिएको यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले जानकारी दिनुभयो।

उहाँका अनुसार यो अफरको उपयोग गर्नका लागि यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेवसाइटमा गएर टिकट काट्नुपर्ने छ । टिकट काट्दा YETISASTO प्रोमोकोड प्रयोग गरेपछि अफर अन्तर्गतको सुविधा प्रयोग गर्न पाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }