बिहिबार, बैशाख २७, २०८१

सुकुम्बासीको नाममा जग्गा बाँडेर सुकुम्बासी समस्या समाधान हुँदैन : वामदेव गौतम


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 586
    SHARES

२४ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले जमिन बाँडेर सुकुम्बासी समस्या समाधान नहुने भन्दै पहिले भुमि सुधार लागु गर्नुपर्ने बताउनुभएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुकुम्बासीको नाममा जग्गा बाँडेर सुकुम्बासी समस्या समाधान हुन नसक्ने बताउनुभएको छ । उहाँले नेपालमा भुमि सिमित भएको र जनसंख्या दिनप्रतिदिन बढिरहेको भन्दै जमिन टुक्राएर बाँड्ने हो भने नेपालको भुमि सम्पूर्ण रुपले समाप्त हुने बताउनुभयो । राष्ट्रिय सभा सदस्य गौतमले नयाँ ढंगले भुमि सुधार लागु गर्नुपर्ने र भुमिहिन, सुकुम्बासीलाई जग्गा बाड्नुको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालको कृषि भुमि सिमित छ । अरु पनि भुमि सिमित हुन्छ तर जनसंख्या त बढीराखेको छ । जनतालाई भुमिमा आधारित गराउने हो र भुमि नै बाँडचुड गरेर टुक्राउदैँ टुक्राउँदै जाने हो भने के होला ? एकदिन यस्तो दिन आउनेछ, कि हाम्रो भुमि सम्पूर्ण रुपले समाप्त हुनेछ । र त्यसलाई उपयोग गरेर मानिस बाँच्ने अवस्था भन्दापनि भुमि टुक्रिएर कसको स्वामित्वमा कति छ भनेर भन्ने विषयमै हामी अल्झिनेछौँ । त्यसो भएर अब हामीले भुमिलाई टुक्राएर बाँड्ने अवस्थामा जानु हुँदैन । हामीले भुमि सुधार लागु गरौँ । र अव्यवस्थित जति पनि हाम्रा बस्तीहरु छन् ।

अव्यवस्थित रुपमा अतिक्रमण गरेर लामो समयदेखि बसेका किसानहरु छन् । सुकुम्बासी छन् । भुमिहिन छन् । यिनीहरुको समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा विकल्पमा जानुपर्छ । त्यो समस्या समाधान गर्ने सम्बन्धमा सामाजिक न्यायको सिद्धान्तलाई अवलम्बन गरेर पहिला भुमिसुधार लागु गरौँ । त्यसबाट जमिन हामीले कति प्राप्त गर्छौँ, त्यसपछि भुमिहिन सुकुम्बासीहरुलाई पनि जमिन बाँड्न सकिन्छ ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }