मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश

विशेष अधिवेशन आह्वानविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 570
    SHARES

बुटवल ,२४ साउन

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

योसँगै अब प्रदेश सभाको विशेष अधिवेशनका लागि बाटो खुलेको छ ।

रिटका विषयमा हकदैयाको अभावमा अधिवेशन बदर गरी पाउँ भन्ने कानून व्यवसायी प्रवेश केसी शुक्रवार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । विपक्षी गठबन्धनका ३४ सांसदले विशेष अधिवेशनको मागसहित प्रदेश प्रमुख अमिक शेरचनलाई समावेदन पेश गरेपछि शेरचनले अधिवेशन आह्वान गरेका थिए ।

साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने तय भएको छ ।

योसँगै वैशाख महिनादेखि लुम्बिनी प्रदेश सरकार जोगाउने र ढालेर नयाँ सरकार बनाउने सत्ता पक्ष र विपक्षीको प्रयासको छिनोफानो यही साताभित्र हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)