बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिकमा सर्वाधिक पदक जित्दै अमेरिका टिम च्याम्पियन


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 287
    SHARES

टोकियो,२४ साउन

टोकियो ओलम्पिकमा अमेरिका सर्वाधिक पदक जित्दै टिम च्याम्पियन बनेको छ । प्रतियोगिता अवधिभर अधिकांश दिन शिर्ष स्थानमा रहेको चीन  अन्तिम दिनको अन्तिम समयमा एक स्वर्णले पछि पर्दै दोस्रो स्थानमा झर्‍यो । अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक हात पार्‍यो । चीनले ३८ स्वर्ण,३२ रजत र १८ कास्य गरि कुल ८८ पदक जितेको हात पार्‍यो ।

आयोजक जापानले इतिहासमै उत्कृष्ट नतिजा निकाल्दै तेस्रो स्थान प्राप्त गरेको छ । जापानले २७ स्वर्णसहित १४ रजत र १७ कास्य गरि कुल ५८ पदक जित्यो ।

टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । अब अर्को संस्करणको ओलम्पिक फ्रान्समा आयोजना हुनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)