बुधबार, बैशाख २६, २०८१

एमाले भित्रको अन्तरसंघर्षको किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार :नेता देवेन्द्र पौडेल


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 252
    SHARES

काठमाडौं,२५ साउन

नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्र्तसंघर्षको किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताउनुभएको छ ।

सोमाबार काठमाडौंमा आयोजिक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तर्संघर्षमा रहेको र अन्तर्संघर्ष किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताउनुभएको हो । सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमाले भित्रको शक्ति संघर्षका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उहाँले अबको दुई, तीनदिन भित्र सरकार बिस्तार हुने बताउनुभयो । उहाँले भन्नुभयो – ‘कतिपय पक्षहरुका आन्तरिक समस्याहरु पनि हल नभएको हुँदा, आन्तरिक समस्या समाधानको पर्खाईमा सरकार अल्झेको थियो । खासगरी जनता समाजवादी पार्टीको निर्वाचन आयोग र अदालतमा चलेको बहस, त्यसको किनारा लागिसकेको छ ।  गठबन्धनमा रहेको एउटा हिस्सा नेकपा एमाले भित्रको हिस्सा पनि गठबन्धनमा हुनुहुन्छ । उहाँहरु निकै चर्को अन्र्तसंर्घषमा हुनुहुन्छ । त्यो अन्र्तसंघर्षले पनि एउटा प्रारुप लिने, त्यसले एउटा किनारा लिइसकेपछि यो सरकारलाई अगाडी बढाउने कुरा अगाडी बढ्छ । एमाले भित्रको शक्ति संघर्ष र कतिपय कारणले यो सरकार ढिलाइ भएको हो । मैले बुझे अनुसार साझा कार्यक्रम पनि सार्वजनिक भइसकेको र अरु कतिपय विषय टुंगिदैँ गएको हुँदाखेरी २÷३ दिन भित्रमा सरकारले विस्तारको काम गर्छ ।’

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }