आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एकदुई दिनभित्रमा पर्यटन लक्षित खोपः मन्त्री कँडेल


  • माउन्टेन खबर
  • सोमवार, साउन २५, २०७८
  • 228
    SHARES

गण्डकी, २५ साउन 
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा अगाडि बढाउने बताउनुभएको छ ।

पश्चिमाञ्चल होटेल सङ्घद्वारा आज पोखरामा आयोजित ‘पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व’ विषयक छलफलमा उहाँले प्रथम चरणमा परिषद्अन्तर्गतको सङ्घ लगायतका सदस्य संस्थाका लागि दुई हजार पाँच सय मात्रा खोप व्यवस्था गरिएको जानकारी दिनुभयो । थप खोप क्रमशः प्रदान गरिने उहाँले बताउनुभयो ।

पर्यटन व्यवसायी र सम्बन्धित सरोकारवाला तथा विज्ञसँग बसेर आफूले पर्यटन पुनरुत्थानको योजना ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री कँडेलले कोभिडलाई लक्षित गरी प्रदेश सरकारले ल्याएको एक अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको व्यवस्था यथावत् रहेको जानकारी दिनुभयो । बाग्लुङको बलेवास्थित विमानस्थललाई सञ्चालनमा ल्याउने, हिमागृह खोल्ने, पोखराको पर्यटन बसपार्क निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याउने जस्ता विषयमा आफूले ध्यान दिएको उहाँले बताउनुभयो ।

पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले खोपबिना पर्यटन क्षेत्र अघि बढ्न नसक्ने कुरालाई केही महिनायता उठाउँदै आएको बताउँदै न्यून मात्रामा भए पनि पर्यटन क्षेत्रका लागि खोप छुट्याइनु सकारात्मक भएको बताउनुभयो । कोभिडबाट उत्पन्न परिस्थितिका कारण पोखराका २५ प्रतिशत होटेल बन्द भएको र ६५ प्रतिशत मजदुर पलायन भएको जानकारी दिँदै उहाँले सरकारको प्रतिबद्धताअनुरुप विद्युत्मा छुटको घोषणा कार्यान्वयनका साथै अन्य राहतका कार्यक्रम अघि बढाउन माग गर्नुभयो ।

कार्यक्रममा सङ्घका सल्लाहकारहरू बच्चुराम तिवारी, हरि शर्मा गैह्रे र गोविन्दराज पहारीले कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रका लागि तत्काल राहतका कार्यक्रम घोषणा गर्न माग गर्नुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष एवम् होटेल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, सहकोषाध्यक्ष नरेशबहादुर भट्टराई लगायतले कोरोना प्रभावित पर्यटनलाई बचाउनेतर्फ ध्यान दिँदै कार्यक्रमहरू आउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }