मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ठुला भ्रष्टाचार काण्डको छानविन गर्न कोमल वलीको माग


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०७८
  • 353
    SHARES

२७ साउन, काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठुला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गर्नुभएको हो । उहाँले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानविन गरौँ । वाइडबडीको छानविन गरौँ । अरुण थर्डको छानविन गरौँ । टनकपुरको छानविन गरौँ । बालुवाटारको छानविन गरौँ । ओम्नीको छानविन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानविन गरौँ । क्यान्टोनमेन्टको पनि छानविन गरौँ । ठुला ठुला हाइड्रोको पनि छानविन गरौँ । १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो ? किन ? तथापी अर्कोतिर औँला नठड्याऔँ । सबैले सबैलाई देखेकै छ ।’

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताउनुभयो । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान् । अरबौँको डिल भयो होला । जलस्रोतको विश्वको दोस्रो धनि देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ विजुली दिन सकेका छैनौँ । हाम्रा नदीनालाहरु बन्धक बनेका छन् सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति । त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरी केपी ओलीको सरकार आउँला भनी पर्खिने ? जवाफ चाहियो ।’

सांसद वलीले आफुहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्नेकुरामा विश्वस्त रहेको बताउँदै सरकारको सहि कुरालाई सहि र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }