बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा कोरोना संक्रमण बढ्यो, दुई दिनमा २७को मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 553
    SHARES

२९ साउन, काठमाडौं । निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर ह्वात्तै बढेको प्रदेश १ मा मृत्युदर पनि बढेको छ। दुई दिनभित्रै प्रदेशमा २७ जना कोरोना संक्रमितको ज्यान गएको छ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र प्रदेशमा १३ जनाको मृत्यु भएको छ। जसमध्ये सुनसरीमा सबैभन्दा धेरै चार जना छन् भने मोरङमा ३, उदयपुरमा २, झापा, संखुवासभा र इलाममा १–१ जना छन्। अघिल्लो दिन प्रदेशमा १४ जनाको मृत्यु भएको थियो।

बिहीबार १३ जना थपिएसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १९ पुगेको छ। जसमध्ये सबैभन्दा बढी सुनसरीमा ४ सय ६५ जना छन्। त्यस्तै मोरङमा ४ सय ४२, झापामा ४ सय १५ जनाको मृत्यु भइसकेको छ।

इलाममा ६०, उदयपुरमा ४८, पाँचथरमा ३७ , धनकुटामा ३५, तेह्रथुममा १९, संखुवासभामा १८, ओखलढुंगामा १०, ताप्लेजुङमा १० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै भोजपुरमा ९, सोलुखुम्बुमा २ जनाको मृत्यु भएको छ।

हालसम्म सामाजिक विकास मन्त्रालयको तथ्यांकमा कोरोनाबाट खोटाङमा कसैको पनि कोरोनाले मृत्यु नभएको उल्लेख छ। प्रदेश बाहिरका १ सय ४९ जनाको उपचारका क्रममा मृत्यु भएको छ।

केही सातायता प्रदेशमा संक्रमित थपिने क्रम पनि जारी छ। पछिल्लो २४ घण्टामा ९ सय ६९ जना संक्रमित थपिएको प्रदेशमा अघिल्लो दिन बुधबार ८ सय ८५ जना संक्रमित भएका थिए। मंगलबार १ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो।

बिहीबार संक्रमण पुष्टि भएमध्ये सबैभन्दा बढी झापामा १ सय ९१ जना छन्। मोरङमा १ सय ३५, सुनसरीमा १ सय १६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ।

पहिलो चरणयता प्रदेश १ मा हालसम्म ९० हजार ४ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८१ हजार ४ सय ९५ जना कोरोनामुक्त भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७१ रहेको प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)