शुक्रबार, बैशाख २१, २०८१

सुरू भयो – शब्दसारथि


  • माउन्टेन खबर
  • सोमवार, साउन ३२, २०७८
  • 450
    SHARES
समाचारदाता
बोस्टन, अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ‘ अनेसास शब्दसारथि’ को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ ।

पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । यसैगरी कवि मञ्जुल, रमेश क्षितिज र सुरेन्द्र अस्तफलले तीनतीनवटा कविता वाचन गरे ।
उपन्यासकार मदनमणि दीक्षितको तेस्रो बार्षिक पूण्यतिथि पनि परेकोले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दीक्षितप्रति श्रद्धा-सुमन अर्पणगर्दै सम्झना पनि सुनाए ।
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको साथमा सदस्य तीर्थ अधिकारीले पनि सिर्जना वाचन तथा कार्यक्रम आरम्भको आवश्यकता वारे मन्तव्य राखे ।
कार्यक्रममा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी ,  सदस्य डा. रेणुका सोलु र दर्पणका प्रधानसम्पादक लालगोपाल सुवेदीले अनेसासका केही नयाँ कार्यक्रमका बारेमा जानकारी गराए ।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रमको संयोजन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }