शनिबार, बैशाख २२, २०८१

लैंगिक समानताको ढोंग -कथा


  • - गृष्मा पौड्याल टोकियो जापान
  • मङ्लबार, भदौ १, २०७८
  • 1.2K
    SHARES

 

महासेठ विदेशबाट अलिकति पढे लेखेर र पैसा कमाएर गाउॅमा फर्केका थिए।त्यो गाउॅमा धेरै पढे लेखेका मान्छेहरू प्रायस् नबस्ने हुनाले महासेठको राम्रै इज्जत र मान सम्मान थियो।सोहि गाउॅमा अर्की एक विदुषि सितादेवी पनि बस्दथिन्।सितादेवी पनि राम्रै पढे लेखेकी र कुल घरानकी छोरी थिइन् ।कलिलै उमेरमा उनको परिवारमा मृत्यू शोक परेकोले उनी खासै बाहिर धेरै हिंडडुल गर्न रूचाउॅदैनथिन्।तर जिविकोपार्जनका लागि एउटा विध्यालयमा पढाएर राम्रैसंग बसोबास गरीराखेकी थिईन्।सितादेवी पढ़ाई लेखाई छोराछोरीलाई पनि आफु जस्तै सक्षम र सबल बनाउन चाहन्थिन्।घरका अरू परिवारले भने सितादेवीलाई बाहिर गएर काम गरेको खासै मन पराउॅदैनथे,तर ससुरा बुज्झकि भएका हुनाले सबैलाई होस् न त उनको पनि आफ्नो जिवन जिंउने अधिकार छ पढे लेखेकी छे काम गर्न देओ, भनेर थामथुम पार्थे। सासू नन्द र घरका अरू भने आफू भन्दा पढे लेखेकी र स्मार्ट बुहारी आएकोमा त्यति खुशी थिएनन्। श्रीमानको कमाईबाट छोराछोरीलाई राम्रै शिक्षादिक्षा दिन र खान पुगिहाल्छ।बाहिर नगई घरधन्दा गरी घरैमा बसोस् भन्ठान्थे। जतिसुकै पढेलेखेका र असल सासू ससुरा भए पनि समाजमा बसेपछि छोरी र बुहारीमा फरक सम्झने त संसारको नियम नै रैछ भनेर सितादेवी कहिले काहिं गुनासो गर्थिन। तर उनी आफू बुद्धिमान भएकोले हरेक तरहले गाउॅलेहरूको मद्धत गरीराख्थिन्। फुर्सदको समयमा छिमेकीका बाल बच्चालाई अंग्रेजी पढाईदिने, ट्युसन पढाईदिने र अनेक तरहले समाज सेवा गर्ने कोशिष गरी रहन्थिन्।

यतिकैमा गाउॅमा चुनाव आईपुग्यो। महासेठलाईनै गाउॅलेहरूले निर्वाचन आयुक्त राख्ने निधो गरे। महासेठले पनि आफू नै सबैभन्दा बुद्धिमान छु भन्ने घमण्ड गर्दै गाउॅलेका कुरामा सहमत जनाए। पहिला पनि एक दुई पल्ट विवादित नै भए पनि उनले चुनाव गराईसकेका थिए।तर यो पल्ट भने बदॅलिंदो समाजको परिस्थिति बुझि महासेठले सितादेवीलाई पनि आफ्नो पक्षमा पार्न चुनावमा बसि सहयेग गर्न र लैंगिक समानताको झुटो आश्सवाशन देखाई गाउॅलेको नजरमा हिरो बन्ने अभिप्राय देखाए।

सितादेवीलाई पनि उनको कुरामा विश्वास गरी हेरी सहयोग गर्न र निर्वाचनमा बसि निश्पक्ष चुनान ग्राउंड मन लाग्यो र उनले महासेठको आग्रह स्गविकार गरीन्।

महासेठले सितावेवीलाई आदर नै गरेर बोल्थे तपाईं हामीले समाज परिवर्तन गर्नु पर्छ बुझ्नुभो भन्थे। बाटोमा भेटे पनि तारिफ नै गर्थे। सितादेवीले भने छट्टू महासेठको कुरा भित्र भित्रै गॅाईगुईं सुन्दै आएकी थिइन्।

महासेठले जहिले पनि राजनैतिक खोल ओढेर गाउॅलेहरूलाई पॅन्गु बनाउॅछन र पैसा खाएर बिरोधिलाई जिताई दिन्छन् रे भन्ने कुरा उनले बुझेकी थिइन्।तर यो पालि गाउॅलेहरू सचेत भैसका होलान्ब अब पनि महासेठले यस्तो गर्न सक्छन्ररु भन्ने सोचेकी थिईन् १ तर उनलाई त्यो महासेठको कुरा आफैं बुझ्न मन थियो। त्यसैले निश्पक्ष चुनाव गराएर देखाउने प्रण सितादेवीले मनमनै गरीन् १

महासेठको चुनावि रणनिति कसैले पनि बुझ्न सकेका थिएनन्१ अब त यस्तो नगर्लान् कि जस्तो लागेर आफूले चुनावमा सहयोग गर्ने कुरामा सहमत भएकी थिईन् तर।।

तर चुनाव सकियो नतिजा उहि सोचेको भन्दा उल्टो आयो । यो पालि पनि विपक्षिको पैसामा विकेर उल्टो नतिजा ल्याउनमा कुटिल महासेठ र विपक्षिहरू सफल भए। त्यहि दिन शहरको कुनै ठूलो होट्लको २५औं तल्लामा बसेर २० लाखको लेनदेन हुन्छ रे भनेर ठूलै हल्ला फैलियो त्यसैले सितादेवीले दुई चार जना महिला अधिकार कर्मिलाई बोलाएर लेनदेन हुने भनिएको होटलमा पुगेर क्यामेरा र भिडियो लुकाएर महासेठलाई पैसा लेनदेनको समयमा खिंचेर झुटको पर्दाफास गर्ने रणनीति बनाईन् र त्यसै अनुसार सबैले केटीहरूले आ(आफ्नो जिम्मेवारी खूबै राम्रोसंग निभाए र नतिजा उल्ट्याउन लगाउने दलबल सहित पुगेका महासेठको कन्त बिजोग भयो र गाउंलेहरूका अगाडि मुख लुकाएर हिंडन बाध्य पारीयो । यसरी धंधालि भएको प्रमाण सहित लावालस्कर लिएर भोज खान पुगेका महासेठको करतुत नन्ग्याएरै छाडिन् सितादेवीले । शैद्दान्तिक रूपमा सितादेवीलाई हराउन सिपालु महासेठ आफ्नो रणनीतिमा असफल भए र गाउंलेको अगाडि बस्न नसकेर बसाईं सरे रे।सितादेवी आज अत्यन्त खुशी छिन् र गॉउलेलाई पनि धेरै धेरै धन्यवाद दिंदैछिन ११

गृष्मा पौड्याल
टोकियो जापान

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }