शनिबार, बैशाख २२, २०८१

अनेसासको गान’ चयनका लागि सार्वजनिक आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १, २०७८
  • 260
    SHARES

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आधिकारिक गीत चयन गर्नका लागि सार्वजनिक रूपमा गीत (अनेसास गान) आव्हान गरेको छ । संस्था ३० वर्ष पुगेको अवसरमा संस्थाका लागि आधिकारिक गीतको आवश्यकता महसुस गरी सार्वजनिक रूपमा आव्हान गरिएको हो ।

“गीत छनोट कार्यविधिअनुरूप छनोटमा परेको सर्वोत्कृष्ट एउटा गीतलाई अनेसास गानको रूपमा प्रयोगमा ल्याइने छ,” संस्थाकाअध्यक्ष प्रकाश पौडेल माइलाले भन्नुभयो, “जसलाई रेकर्डिङ गर्नुको साथै आधिकारिक म्युजिक भिडियोसमेत प्रशारण गरिनेछ । साथै, प्राप्त गीतहरूमध्येबाट निर्णायकहरूले उत्कृष्ट ठहर्याउनु भएका गीतहरूको सङ्गालो पुस्तकाकारको रूपमा समेत प्रकाशित गरिनेछ ।”

संस्थापक अध्यक्ष होमनाथ सुवेदीले ‘अनेसास गान’ को अवधारणाप्रति प्रसन्नता प्रकट गर्दै भन्नु भयो, ‘अनेसास गान’ प्रयोगमा आउन थालेपछि विश्वभरिका स्रष्टाहरूले संस्थाप्रति झनै अपनत्त्व महसुस हुनेछ । अनेसास प्रतिको आस्था बढेर जानेछ । यो निकै राम्रो कुरा हो ।’

त्यस्तैगरी, अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीले ‘अनेसास गान’को आवश्यकता धेरै अघिदेखि महसुस गरिएको भए पनि वर्तमान केन्द्रीय कार्यसमितिले देखाएको अग्रसरता र तदारुकता निक्कै फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

गीत पठाउने अन्तिम मिति सन् २०२१, सेप्टेम्बर ३० सम्मको तोकिएको छ । सर्जकले आफूले रचना गरेको गीत मेल [email protected] मार्फत पठाउनुपर्ने छ । रचना पठाउँदा सजर्कले पूरा नाम, ठेगाना तथा सम्पर्क नम्बर पनि उल्लेख गर्नु पर्नेछ । प्रतियोगिताको लागि प्राप्त मध्य उत्कृस्ट १० भित्र पर्ने गीतकारलाई ‘अनेसास गीत सम्मान’ द्वारा सम्मान गरिने कुरा आयोजकले बताएका छन् ।

सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरमा पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरै आजीवन सदस्य रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }