बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्सनलविरुद्ध म्यान्चेस्टर सिटीको सानदार जित


  • माउन्टेन खबर
  • शनिबार, भदौ १२, २०७८
  • 471
    SHARES

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले आर्सनलविरुद्ध सानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जित निकालेको हो।

घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे।

यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।

सिटीको मैदान इतिहाद स्टेडियममा खेलको सातौं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि  आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

जोआ कान्सेलोलाई खराब ट्याकल गरेपछि रेफ्रीले जाकालाई सिधै रातो कार्ड देखाएका थिए ।

यस जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ ।

आर्सनलले भने लगातार तेस्रो खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)