आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं २ सरकारमा सहभागी हुदै नेकपा एकीकृत समाजवादी


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १५, २०७८
  • 840
    SHARES

धनुषा ,१५ भदौ

नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारी गरेको छ ।

नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना  नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ ।

नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य  नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताउनुभयो । उहाँहरु प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । सनाखत गराउने बेलासम्म यो सङ्ख्यामा केही थपघट हुन सक्ने उहाँको भनाइ छ ।

यसअघि एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई दलका नेता चयन गरेको थियो । यसरी नेकपा ९एकीकृत समाजवादी० पार्टी रोज्नेमा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको उहाँले जानकारी दिनुभयो । सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ ।

यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राख्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }