सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड महामारीकै बीचमा पनि पर्यटकको संख्या बढ्दै


  • माउन्टेन खबर
  • शनिबार, भदौ १९, २०७८
  • 436
    SHARES

काठमाडौं, १९ भदौ 

कोभिड महामारीकै बीच पछिल्ला महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटकको संख्या बढ्दै गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांकका आधारमा नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत अगष्टमा नेपालमा ५ हजार ९१७ जना पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ, जुन अघिल्लो महिना (जुलाई)को भन्दा करीब २ हजारले बढी हो । जुलाईमा २ हजार ९९१ पर्यटक नेपाल आएका थिए ।

यसैगरी जुलाईमा नेपाल आएका पर्यटक समेत जुन महिनाको तुलनामा धेरै हो । जुनमा १ हजार १४३ जना मात्र पर्यटक नेपाल भित्रिएका थिए ।

अगष्टमा नेपाल आउने पर्यटकमा सबैभन्द धेरै भारतीय छन् । सो अवधिमा १ हजार ९८५ पर्यटक भारतबाट आएको देखिन्छ । यसैगरी दोस्रोमा रहेको अमेरिकाबाट १ हजार २४४ र बेलायतबाट ४१६ पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)