बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलो टी–ट्वान्टी क्रिकेट

स्कटल्यान्डले जिम्बाब्वेलाई ७ रनले हरायो


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ३१, २०७८
  • 485
    SHARES

एजेन्सी

जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डले ७ रनको जित निकालेको छ।

गएराति भएको खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई ७ रनले हराएको हो । स्कटल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

जिम्बाब्वेका लागि मिल्टन शुम्बाले सर्वाधिक ४५ रन बनाए । सिन विलियम्सले २८ रन जोड्दा कप्तान क्रेग इर्भिनले २६ रन जोडे । स्कटल्यान्डका सफ्यान शरिफले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले  २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो ।

जितसँगै स्कटल्यान्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)