काठमाडौं ,८ असोज
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् ।
एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका उनी आइतबार माउण्टेन फ्लाइटमा जाने कार्यक्रम रहेको यति एयरलाइन्सले जानकारी दिएको छ ।
दोस्रो चरणको कोरोनापछि रोकिएको माउण्टेन फ्लाइट यतीले आगामी आइतबारदेखि हरेक हप्ता माउण्टेन प्लाइट गर्ने भएको छ ।
अहिले आइतबारमात्र माउण्टेन प्लाइट गर्ने योजना रहेको यतीले यात्रुको चापलाई हेरेर हप्ताको शनिबार र आइतबार माउण्टेन प्लाइट गर्ने योजना रहेको एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तोलाले माउण्टेन खबर अनलाइनलाई जानकारी दिनुभयो ।
कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट पाइने गरी प्याकेज बिक्रीमा ल्याएको छ ।
