आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि सुनुवाई भएन


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 579
    SHARES

१३ असोज, काठमाडौं । सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ ।

बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको भएपनि अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा राखेको जनाएको छ । इजलासमा सो मुद्दाको पेशी पटकपटक चढाइएपनि सुनुवाइ हुन सकेको छैन ।

यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो । त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको थियो ।

सभामुख सापकोटाविरुद्ध माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा दोषी रहेको भन्दै १० वर्षअघि मुद्दा परेको थियो । द्वन्द्वकालमा लामाको अपहरणपछि हत्या भएको थियो ।

तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा लामाकी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन् । २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या लामाको हत्या गरिएको भन्दै पूर्णिमायाले सापकोटाविरुद्ध उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }