बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराद्वारा ललितपुर ९ विकेटले पराजित


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 350
    SHARES

१३ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोजले पहिलो जित निकालेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै २२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदानी दिए ।

यस्तै रित गौतमले १२ रन बनाए भने साहन अराचिगे १ रनमा अविजित रहे । ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेललाई ७ ओभरमा सिमित गरिएको थियो ।

ललितपुरका लागि सन्दुन विराकोडीले सर्वाधिक १९ रन बनाए भने ओशाडा फर्नान्डोले अविजित १० रन जोडे । यस्तै नारायण जोशी ११ रनमा आउट हुँदा कप्तान कुशल भुर्तेल ३ रनमा पेभिलियन फर्किए ।

पोखराका नन्दन यादवले ३ विकेट लिए भने बिक्रम सोबले २ तथा केस्रिक विलियम्सको नाममा १ विकेट रह्यो । जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।

यता ललितपुरको भने यो लगातार दोस्रो हार रहेको छ । उद्घाटन खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो । अंक विहीन रहेको ललितपुर तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)