बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 580
    SHARES

१३ असोज, काठमाडौं । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् ।

बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् । नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो ।

समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन हुनुभएको हो । नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना निर्वाचित हुनुभएको छ भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित हुनुभएको छ । निर्वाचित भएपछि कार्यक्रममा बोल्दै दीपक विष्टले ओलम्पियन र ओलम्पिक मुभमेण्टलाई गर्व हुने खालको काम बताउनुभयो । उहाँले नेपालमा ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताउनुभयो । उहाँले संघमा आफू राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रण गर्नुभयो ।

नव–निर्वाचित संघका अध्यक्ष विष्टले भन्नुभयो, ‘धेरै नै धन्यवाद दिन चाहन्छु सबैले विश्वास गरेर मलाई यो जिम्मेवारी दिनुभएको छ, अवश्य नै मैले ठूलो इज्जत बनाएर साच्चिकै ओलम्पियन र ओलम्पिक मुभमेण्टलाई गर्व हुने खालको काम गर्नेछु, नेपालमा ओलम्पिक मुभमेण्ट साच्चिकै छैन, ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको छ, यो देशमा मेडलिस्ट खेलाडीलाई मात्रै मान्छन्,१५ जनाको हाम्रो टीम कामदार हो, हामी काम गर्नेछौँ ।’

नव–निर्वाचित अध्यक्ष विष्टले यस काममा सबै जना मिलेर अघि बढ्नुपर्ने बताउँदै नेपाल ओलम्पिक कमिटीसँग राम्रो सम्बन्ध बनाउने र हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । नव–निर्वाचित १५ सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ हुनुहुन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)