आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादीको स्थायी कमिटी वैठकमा संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल


  • माउन्टेन खबर
  • बुधबार, अशोज १३, २०७८
  • 160
    SHARES

नेकपा (माओवादी) केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजनाहरु पेश गरेको र ति योजनाहरुलाई स्थायी कमिटी बैठकले स्वीकार गरेको स्थायी कमिटी सदस्य देव गुरुङले बताउनुभयो । त्यस्तै बैठकमा विगतमा विभिन्न समयमा भएको पार्टी एकिकरणमा आएका नेता, कार्यकर्ताहरु संगठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न बनाएको कार्यदलले प्रतिवेदन पेश गरेको पनि उहाँले जानकारी दिनुभयो । कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार सांगठनिक प्रक्रियामा लैजानका लागि अगाडी बढ्ने उहाँले बताउनुभयो । त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रुपमा टुंगो लगाउने कुरा भएको पनि उहाँको भनाई छ ।

स्थायी कमिटी सदस्य गुरुङले सरकार गठनका लागि भएको कानूनी जटिलता अन्त्य हुने प्रक्रियामा रहेको उल्लेख गर्दै कानूनी जटिलता अन्त्य भइसकेपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्बारे नीतिगत निर्णय गर्ने र मन्त्रीहरुको टुंगो लगाइने बताउनुभयो । बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय एजेण्डाको रुपमा नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }