सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाललाई सम्मान


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 876
    SHARES

काठमाडौं, १४ असोज 

सरकारले विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपाललाई सम्मान गरेको छ । कोभिड रोकथामका लागि पु¥याएको अतुलनीय योगदानलाई कदर गर्दै होटल संघलाई सम्मान गरिएको हो ।

उक्त सम्पानपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले होटल संघ नेपालका महासचिव साजन शाक्यलाई प्रदान गरे ।

कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण अति प्रभावित होटल उद्योगले सर्वत्र ढोका बन्द भएको बखत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र सीसीएमसीसँगको प्रत्यक्ष सहकार्य गर्दै क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनमा होटल संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

उक्त अवसरमा महासचिव शाक्यले आउँदा दिनहरुमा पनि राज्यलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)