शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुरद्वारा विराटनगर पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १५, २०७८
  • 479
    SHARES

१५ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ ।

कीर्तिपुरको टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

ललितपुरले दिएको २ सय २७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनायो । विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

आसिफ शेखले ३७ रन जोडे भने चन्द्रपउल हेमराजले २८ रन बनाउँदा सिकन्दर राजा २४ रनमा आउट भए । ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए । ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

यसअघि ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो । ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल रहेको छ ।

ललितपुरका लागि ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का र १० वटा चौका प्रहार गरेका थिए । यस्तै ओमारजाईले अविजित ५८ रन जोड्दै ७ छक्का प्रहार गरे ।

विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराको नाममा समान एक–एक विकेट रह्यो । यस जितसँगै ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । विराटनगरको भने यो लगातार तेस्रो हार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }