बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिपः बंगलादेशद्वारा श्रीलंका पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १५, २०७८
  • 632
    SHARES

काठमाडौं,१५ असोज

आजदेखि माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।

शुक्रबार साँझ भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।

बंगलादेशलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ५६ औं मिनेटमा टोपु बर्मानले गरे । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको ५६ औं मिनेटमा डक्सन पुस्लासले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि श्रीलंका १० खेलाडीमा सिमित बनेको थियो ।

यस्तै, आज राति ९ः४५ बजे नेपालले आयोजक राष्ट्र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)